Wednesday, January, 2017

अमेरिकाको समुद्री तटमा ‘पटुकी झैं’गीतमा जंबु र छिरिङले विसाएको माया (भिडियोसहित)

काठमाडौ, २०७३ पौष २४ आइतबार । पछिल्लो समय संगीत र गायन दुबै बिधालाई एकसाथ अगाडी बढाइरहेकी निलम रोजु राई र गम्बु शेर्पाले गाएको ‘पुटुकी झैं’ बोलको गीतको भिडियो केही हप्ता अगाडी सार्वजनिक भएको छ । निलम र गम्बुको स्वर रहेको यस गीतको भिडियोलाई अमेरिकाको समुद्री तटमा छायांकन गरिएको छ । निलमकै संगीत रहेको ‘पप गीत’को क्याटगोरी दिइएको ‘पटुकी झैं’ गीतको शब्दरचना भने तुलसी बस्नेतले गरेका हुन् ।

ओम कर्माचार्यको निर्देशन तथा सम्पादन रहेको यस भिडियोमा जंबु शेर्पा र क्षिरिङ शेर्पाले अभिनय गरेका छन्, भने म्युजिक भिडियोमा यी दुई जोडीको मस्ति समेत देख्न सकिन्छ । अमेरिकामा निर्माण गरिएकाले होला भिडियोमा केही बोल्ड दृश्य पनि राखिएको छ । ओम मेगा अडियो तथा भिडियो प्रोडक्शनको पोस्ट प्रोडक्शन रहेका यस भिडियोलाई गम्बुले नै छायांकन गरेका हुन् ।

 

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु