दुवईबाट नेपाल भित्रिएको ३४ किलो सुन एयरपोर्टमा बरामद, तीन पक्राउ – America Nepal

Thursday, January, 2017

दुवईबाट नेपाल भित्रिएको ३४ किलो सुन एयरपोर्टमा बरामद, तीन पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामद गरेको छ। सुनसँगै तीन जना पक्राउ परेका छन्।बुधबार दुवईबाट काठमाडौं आएको एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो। बरामत गरिएको सुनमा १० तोलाको दरमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रीजस्तै आकारका सुनका मालाहरु छन्। प्रहरीले यसको तौल ३४ किलो रहेको बताएको छ।

विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सिआइबीको टोलीले सुनसहित बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको छ।

सुन राखिएको लगेजसहित गोपाल बहादुर शाही हिजो दुवईबाट काठमाडौं आएका थिए । आज लगेज लिनका लागि पुगेका शाहीसहित थापा र काफ्लेलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु