Thursday, December, 2016

मेसी समूह चरणको खेलमा सर्वाधिक गोल गर्ने स्ट्राइकर

क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस सिजनको समूह चरणको सबै खेल सम्पन्न भएका छन्। जसमा अन्तिम १६ मा चुनिएर आउने क्लबको पनि टु‌ंगो लागेको छ। यसपालि समूह चरणको खेलमा बार्सिलोनाका स्टार स्ट्राइक लिओनल मेसी सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगेका छन्।

उनले ६ खेलमा १० गोल गरेका छन्। कूल ४ सय ५० मिनेट मैदानमा देखा परेका अर्जेन्टिनी स्ट्राइकरले ४५ प्रति मिनेटको हिसाबले गोल गरेका छन्। उनलाई गोल गर्ने अभियानमा पेरिस सेन्ट जर्मनी (पिएसजी) का उरुग्वेयन स्ट्राइकर इडिसन काभानीले पछ्याइरहेका छन्।
काभानीले ५ सय ३९ मिनेट मैदानमा बिताउने क्रममा ६ गोल गरेका छन्। उनले औसत एउटा खेलमा गोल गरेका छन्। तेस्रो स्थानमा वायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको नाम छ। उनले ५ गोल गरेका छन्। मेसीका प्रतिस्पर्धी रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले भने २ गोल मात्र गरेका छन्।
बार्सिलोनाका अर्का स्ट्राइकर नेइमारको नाममा पनि दुई गोल छ। तर, उनी सबैभन्दा बढी गोलको लागि अवसर जुर्याइदिने खेलाडी बनेका छन्। उनको नाममा ७ वटा ‘एसिस्ट’ छ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु