Tuesday, November, 2016

क्रिस्टियानो रोनाल्डो नयाँ प्रेमिका स्पेनिस सुन्दरीसँग डिज्नील्यान्डमा भेटिए

रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फेरि एकपल्ट नयाँ प्रेमिकासँग घुम्दै गरेको भेटिएका छन्। रुसी मोडल इरिना सायकसँग पाँच वर्ष लामो सम्बन्ध बिग्रिएपछि म्याड्रिडमा एक्लै बस्दै आइरहेका रोनाल्डो गत साता डिज्नील्यान्डमा स्पेनिस सुन्दरीसँग रोमान्स गरिरहेको अवस्थामा भेटिएका थिए।

स्पेनिस मिडियाले उनको फोटो खिच्न खोज्दा आफ्नो अनुहार लुकाएका थिए। तर, उनीसँग घुमिरहेकी स्पेनिस सुन्दरी जर्जिना रोड्रिगेज भने फोटोमा कैद भइन्।

जर्जिना स्पेनको कहलिएकी मोडल हुन्। ३१ वर्षीय रोनाल्डोले जर्जिनालाई डाल्से एन्ड गाबिना इभेन्ट्सको बेला भिआइपी एरियामा भेटेका थिए।

सायकसँग सम्बन्ध बिग्रिएपछि बीचको केही समय उनको धेरै मोडलसँग नाम जोडिसकेको छ। तर, सार्वजनिक रुपमा यसरी कुनै सुन्दरीसँग घुमेको दुर्लभ घटना हो।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु