टाउकोको मूल्य तोक्नेहरु अहिले पनि दुश्मन : दाहाल (भिडियो) – America Nepal

Wednesday, November, 2016

टाउकोको मूल्य तोक्नेहरु अहिले पनि दुश्मन : दाहाल (भिडियो)

काठमाडौं, कात्तिक २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘युद्धकालका दुश्मनहरु नफेरिएको’ बताएका छन् ।

आफ्नो पार्टी (नेकपा माओवादी केन्द्र)को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले ‘पहिले टाउकोको मूल्य तोक्नेहरु अहिले पनि दुश्मन नै रहेको’ बताए ।

‘अहिलेको गठबन्धन पनि क्रान्तिकै एउटा पाटो भएको’ भन्दै प्रधानमन्त्री दाहालले विभिन्न स्वरुपमा लडाइँ जारी रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले आवश्यक परे नयाँ क्रान्ति सुरु गर्ने जिकिर गरे ।

प्रतिपक्षकोसमेत सहमतिमा दुईतिहाइले संविधान संशोधनसमेत हुने भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पनि सहमतिमै अघि बढ्ने दाबी पनि गरे ।

भिडियो हेर्नुहोस्

 

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु