Friday, December, 2016

राजनितिमा छिर्दै नायिका रेखा थापा

१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा हालै प्रवेश गरेकी नायिका रेखा थापाले आफ्नो पूर्व पार्टी नेकपा माओवादी केन्द्र लगायत अन्य कम्युनिष्ट पार्टीका नेताहरुप्रति कडा चुनौती दिएकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको भक्तपुरमा भएको मध्यमाञ्चलस्तरीय भेलामा बोल्दै उनले विदेशीको विचारबाट बनेका कम्युनिष्ट पार्टीहरुले देशको हित गर्छन् भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरिन् । पार्टी प्रवेश गरेपछि पहिलो पटक आसभामा बोलेकी नायिका थापाले राप्रपालाई प्रतिगामी भन्नेहरुप्रति कटाक्ष गरिन् ।

b
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले भनिन् ‘हाम्रो पार्टीलाई प्रतिगामी भनिदोरहेछ, राष्ट्रियता बचाउन र हिन्दु राष्ट स्थापनाका लागि प्रतिगामी भनिन्छ भने रेखा थापा त्यसमा उभिन तयार छ ।’

उनले थपिन्, ‘एउटी आमा अस्पतालमा छटपटाएर बसिरहेकी छिन्, उनलाई औषधी उपचार गराएर घर लैजानु चाहिँ प्रतिगमन, अनि सोझै आर्यघाट लैजानु चाहिँ अग्रगम ? यस्तो आत्मघाती अग्रगमन हामीलाई स्वीकार्य छैन । देशका लागि मनुपरे पनि तयार हुनुपर्छ ।’ पार्टी एकता पछि अब राप्रपा देशकै पहिलो ठूलो पार्टी बन्ने पनि दाबी गरिन् ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु