नविना लामालाई असफल पार्न भित्रभित्रै षड्यन्त्र – America Nepal

Tuesday, December, 2016

नविना लामालाई असफल पार्न भित्रभित्रै षड्यन्त्र

एउटै संगठनबाट तीन तीन वटा सर्कुलर जारी भए पछि अखिलमा गाइजात्रा छ अहिले । अघिल्लो बिहिवार अखिल महासचिव ऐन महरले पर्चा बाँडेको शैलीमा भेला राखेर सर्कुलर बाँडेपछि अखिलमा भाँडभैलो मच्चिएको हो । त्यसको भोलीपल्टै माधव नेपाल पक्षधर तथा लालवावु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा उनका स्वकीय रहेका ओसिम आलाम सहित आरती लामा सुदेश पराजुलीहरुले अर्काे सर्कुलर वाँडे आर आर क्याम्पसमा भेला राखेर ।
केन्द्रीय सदस्यहरुको जिम्बेवारी समेत तोडमोड गरी माइन्युटमा निर्णय नै नभएको विषय समेत सर्कुलर पठाइए पछि अर्काे उपाध्यक्ष शैलेसहरु रुष्ट हुन पुगेका छन ।
एउटै गुटका भनेर चिनिएका शैलेसहरु समेत ‘फोहोर पानी सफा पार्न आफैं फोहोरमा पस्नुपर्दछ’ भन्दै उनको समूहको रश्मि अचार्य र शैलेसहरुले अर्काे सर्कुलर पठाइसकेको छ । यस पछाडि अखिल भित्रको भाँडभैलो सतहमा आएको छ ।
स्मरणीय छ,यस अगाडि अध्यक्ष नविना लामा र महासचिव ऐन महरबीचको बोलचालसम्म नहुँदा काम प्रभावित हुँदै आएको अवस्थामा नेता रविन्द्र अधिकारीहरुले विवाद मिलाएको दावी गरेपनि फेरि अखिल ध्वस्त हुने बाटोमा पुगेको छ ।
एउटै संगठन भित्र तीन तीन वटा गुट खडा भएसँगै आगामी स्ववियू निर्वाचनमा अखिल कहाँ पत्तासाफ हुने हो भन्ने चिन्ताले अखिलका विद्यार्थीहरु चिन्तित बन्न थालेका छन ।

एउटै संगठनबाट तीन तीन वटा सर्कुलर जारी हुँदा समेत अखिल अध्यक्ष नविना लामाले कुनै ठोस कदम चाल्न नसकेसँगै संगठनका विद्यार्थीहरु नविना कार्यशैली प्रति रुष्ट बन्न् पुगेकाछन ।
माधव ढुङ्गेल, किशोर विक्रम मल्ललाई झैं अध्यक्ष नविना लामालाई असफल बनाउन ऐन सक्रिय रहेको चर्चा अखिल भित्रै हुन थालेको छ ।

यस विषयमा प्रतिक्रिया लिनका लागि एसकाठमाडौंले पटक पटक महासचिव ऐन महरलाई सम्र्पक गर्दा उनी सम्र्पकमा आएनन ।


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु