Monday, November, 2016

गायिका कोमल वलीलाई पार्टीमा फूलमाला लगाएर स्वागत

काठमाडौं । सोमबार दिउँसो राजावादी दल राप्रपा नेपाल र राप्रपा पार्टीको एकिकरण भएसँगै चर्चित गायिका कोमल ओलीले उक्त पार्टीमा प्रवेश गरेकी छिन् ।

पार्टी एकता घोषणको कार्यक्रम सञ्चालन समेत उनले नै गरेकी थिइन् । ओलीलाई  कमल थापाले पार्टीमा फूलमाला लगाएर स्वागत गरेका थिए । थापाले स्वागत गरेलगत्तै उनलाई राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए ।

ओली हाल  रेडियो नेपालमा जागिरे छिन् । सरकारी कर्मचारीहरुले राजनीतिमा प्रतयक्ष संग्लग्न हुन नपाउने नियम भएपनि ओली  पार्टी राजनीतिमा सक्रिय भएकी हुन । यस अगाडि रेडियो नेपालमा कार्यरत साहित्यकार नवराज लम्साल काग्रेस निकट लेखक संघका अध्यक्ष चुनिँदा विवाद भएसँगै राजीनामा दिएका थिए ।

यता,  दुवै राजावादी पार्टीको नाम राप्रपा राखिएको छ । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल र पशुपति समशेर राणाले सम्हाल्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एकिकरण भएको हो ।

राजधानीस्थिति प्रज्ञाप्रष्ठिानको भवनमा जारी घोषणा सभाले दुई पार्टीबीच एकता घोषणा गरेको हो ।

एउटै पार्टी बनाउन दुवै अध्यक्षद्वयले एकता घोषणा पत्रमा  हस्ताक्षर गरेका छन् । संसदमा २५ सिट रहेको राप्रपा नेपालको पार्टी एकतासँगै १२ सिट थपिएको छ । अब संसदमा राप्रपा नेपालको ३७ सिट पुगेको छ ।

 

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु