टोपीको खिल्ली उडाउने बाबुरामलाई शान्ताले हानिन झटारो – America Nepal

Tuesday, January, 2017

टोपीको खिल्ली उडाउने बाबुरामलाई शान्ताले हानिन झटारो

काठमाडौं, १९ पुस । नेकपा एमालेकी नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले जात धर्म र पोशाकको विषयमा राजनीति नगर्न आग्रह गरेकी छन् ।

नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले नेपाली टोपी दिवसको खिल्ली उडाएपछि त्यसमा जवाफ दिँदै शान्ताले राजनीतिक विषयमा मात्र राजनीति गर्न आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्– ‘राजनीतिक विषयमा राजनीति गरौं । जाती, धर्म, भाषा, संस्कृति, पोशाकजस्ता विषयमा तुच्छ राजनीति नगरौं !’

शान्ताले सबै जाति र पोशाकको सम्मान गर्नुपर्ने भन्दै अगाडि लेखेकी छन्– ‘जसले टोपीलाई माया गर्दैन उसले धोती र बख्खुलाई पनि माया गर्दैन । जसले धोती बख्खुलाई सम्मान गर्दैन उसले कसैप्रति पनि सम्मान राख्दैन । सबै पोशाकको सम्मान गरौं, घृणा नफैलाऔं ।’

यसअघि आइतबार टोपी दिवसका दिन बाबुरामले ट्वीटरमार्फत ‘टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायजÞ ?’ भन्ने प्रश्न गर्दै खिल्ली उडाएका थिए ।

c


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु