कुलमान घिसिङलाई काम गर्न देऊ ! भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन – America Nepal

Tuesday, January, 2017

कुलमान घिसिङलाई काम गर्न देऊ ! भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन

काठमाण्डु, १९ पुस– राजधानीको बानेश्वरमा केही दिनअघि एमाले युवा संघ कार्यकर्ताले रोकिराखेको सरकारी गाडी मिनेटभरमै आगो झोसेर खरानी पारिदिए ।
सयौं प्रहरीको आँखै अगाडि भएको उक्त घटनामा कोही पक्राउ परेनन् । गाडी जलाउनेहरु नन्दनी बलिरहेको गाडीको छेवैबाट झण्डा बोकेर विजय जुलुससहित हिंडेको देखेको नदेख्यै गर्ने प्रहरीको यो तमासा हेर्न लायक थियो । गाडी जलाउनेमा राष्ट्रपति कार्यालयमा कार्यरत युवासंघकी केन्द्रीय सदस्य सुमित्रा थापासहित को–को थिए भन्ने सिसी भिटी फुटेजसमेत सार्वजनिक भइरहेको छ । गाडी जलाउनेहरु खुलेआमा हिंडिरहेका छन् ।

शीतलनिवासभित्र बसेर गाडी जलाएको बहादुरीका कथा सुनाउनेलाई प्रहरीले सलाम ठोकिरहेको छ । तर, राजधानीमा मंगलबार लोडसेडिङ मुक्त गर्ने अभियानविरुद्ध उभिएका व्यक्ति तथा संस्थाविरुद्ध खबरदारी गर्न उज्यालो नेपालका अभियन्तालाई प्रहरीले पक्राउ गरेर थुनेको छ । अभियानका सदस्यहरु माइतीघर नजिकै जम्मा भएर बानेश्वरतिर आउन लाग्दा प्रहरीले गाडीमा हालेर लगेको हो ।

उनीहरुले लोडसेडिङ मुक्त अभियानमा लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काम गर्न दिन र प्राधिकरणमा रहेका भ्रष्टलाई कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गर्न लागेका थिए । पक्राउ परेका २४ जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । काठमांडूटुडेबाट

कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन प्रदर्शन गर्ने ‘कुलमानका समर्थक’ पक्राउ परेका छन् । हेर्नुहोस नारा जुलुस लगाउदै गरेको भिडियो ।


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु