विप्लवलाई हेलिकप्टर चडाएर रोल्पा लिने प्रचण्डको योजना असफल – America Nepal

Monday, December, 2016

विप्लवलाई हेलिकप्टर चडाएर रोल्पा लिने प्रचण्डको योजना असफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पटक निम्तो पठाउँदा पनि नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले भेट्न अस्वीकार गरेका छन् । मोहन बैद्यसँग निरन्तर भेटघाटमा रहेका विप्लवलाई भेट्न पछिल्लो समय प्रचण्डले तीन पटक निम्तो पठाएका थिए । तर उहाँले भेट्न अस्वीकार गर्नु भएको छ, स्रोतले भन्यो ।

दाहाल प्रधानमन्त्री भएलगतै विप्लवलाई भेट्न निम्तो पठाएका थिए । विप्लव आफैले मोवाइल नवोक्ने भएका कारण भेट्न माओवादी केन्द्रका एक नेतालाई पठाएका थिए । तर विप्लवले आफुलाई आवश्यकता पर्दा मात्र बोलाउने भन्दै भेट्न अस्वीकार गरेको स्रोतले बताएको छ । भारतको हेपाह प्रबृत्ति र पेटोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विप्लव, बैद्य माओवादीले आन्दोलन गर्ने घोषणा गरेलगतै पनि प्रचण्डले बोलाएका थिए । तर उनले भेट्न मानेन ।

९ पुसमा जनयुद्धकालिन संग्रालय र गुरिल्ला ट्रेलको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल लावालस्कर सहित रोप्पा पुगे। संग्रालय र गुरिल्ला ट्रेलको उद्घाटनमा विप्लवलाई संगै लिने योजना प्रधानमन्त्री दाहालले बनाएका थिए । विप्लवलाई भेट्न र रोल्पा जाने निम्तो दिन उनले एक केन्द्रीय सदस्यलाई पठाएका थिए ।

प्रचण्डले यो प्रस्ताव पनि विप्लवले अस्वीकार गरिदिएका छन् । प्रधानमन्त्रीले तपाईलाई युद्धकालिन संग्रालय उद्घाटनमा सँगै जाने प्रस्ताव गर्नु भएको छ, तपाई पनि रोल्पा जानु परयो, प्रधानमन्त्रीको निम्तो लिएर गएका एक पोलिटब्यूरो सदस्यले विप्लवलाई आग्रह गरेका थिए । जवाफमा विप्लवले जनयुद्धको घाँटी निमोठ्ने, संग्रालय बनाएर जनता झुक्याउने काममा प्रचण्ड कमरेडलाई म साथ दिन सक्दिँन भन्दै फर्काइदिएका थिए ।

विप्लव माओवादीले भ्रष्टाचारीका नाममा पूर्वमन्त्री र पूर्वकर्मचारीलाई निशाना बनाउन सक्ने आशंका पाएपछि प्रधानमन्त्री दाहाल केही सशंकित पनि बनेका छन् । यस्ता गतिविधि रोक्न पनि उनले विप्लवलाई भेट्न खोजेको स्रोतले बताएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु