रत्नपार्कमा प्रेमीले छोडेर भौतारीरहेकी एक युवतीको पिडा – America Nepal

Wednesday, November, 2016

रत्नपार्कमा प्रेमीले छोडेर भौतारीरहेकी एक युवतीको पिडा

काठमाडौं । कञ्चन शर्मा रेग्मीले कान्तिपूर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम सुमनसँगमा आएर जीवनमा आफूले भोगेका पीडा र परिवारले आफूमाथि गरेको अभद्र व्यवहार बारे सबैलाई बताईन् ।

उनले भोगेको पीडा सुनेर भावुक नहुने कोही थिएनन् । तर उनले बोलेका धेरै कुराहरु झुट भएको खबर पनि केही दिनमा नै सार्वजनिक भयो ।

उनको कपोकल्पित कथाले सुमन खरेल जस्ता पाका पत्रकार पनि विवादमा आए । खास गरी एउटा नितान्त पारीवारिक कुरा त्यो पनि राम्ररी अध्ययन नगरी मिडियामा आँसु बेचेको भन्ने आरोप लाग्न गयो ।

उनको अन्तरवार्ता पछि उनका पति र छोराहरुमा सामाजिक सञ्जालमा क्रुर तवरमा आक्रमण र गाली बर्सिन थाले । विशेष गरी सामान्य विषय र विवादित विषयमा धेरै पल्ट ठूला मिडियाहरु मुछिने गरेका छन् ।

यही विषयमा एक भिडियो सामाग्री तयार पारेको छ । जसमा रत्नपार्कमा प्रेमीले छोडेर भौँतारिएकी एक युवतीलाई शुक्रसँग नामको कार्यक्रममा बोलाएर केही कुराकानी गरिएको छ ।

जुन हल्का विषयमा अनावश्यक रंग भर्नेहरु प्रति व्यङ्ग्यपुर्ण रहेको छ ।

स्रोत साभार सौजन्य : फर्सीनेटवर्क


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु