Wednesday, January, 2017

रातो नम्वरको आतंक फैलाएको आरोपमा गायिका प्रशन्ना पाण्डे पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी फोनमा रातो नम्वरको आतंक मञ्चाउने एक गायिका पक्राउ परेकी छिन् । मोवाइलमा रातो नम्वरबाट फोन आए स्वास्थ्यमा गम्भिर खतरा हुने अफवाह फैलाउने पप प्रशन्ना पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा फेसबुक र ट्वीटरबाट रातो नम्वरको अफवाह फैलाएको आरोप प्रहरीले लगाएको छ । बुधबार विहान पक्राउ परेकी प्रशन्नलाई आजै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समय पहिले गायिका प्रशन्ना आफ्नो मोवाइलमा रातो नम्वरबाट फोन आएको भन्दै प्रहरी समक्ष पुगेकी थिइन । त्यसपछि उनले आफ्नो फेसबुक पेजमा रातो नम्वरबाट फोन आउँदा सर्तक रहन आग्रह गरेकी थिइन । तर उनको भनाईलाई नेपाल टेलिकमले भने खण्डन गरिसकेको छ ।
झापा घर भएकी पप गायिका पाण्डेको गाजलु आँखा मेरा देखेर भुतुक्कै…बोलको गीत चर्चामा छ।


 

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु