ईन्दिरा जोशी भन्छिन, “‘मलाई आत्मविश्वासी पुरुष चाहियो” – America Nepal

Tuesday, January, 2017

ईन्दिरा जोशी भन्छिन, “‘मलाई आत्मविश्वासी पुरुष चाहियो”

नेपाली सांगीतिक क्षेत्रमा इन्दिरा जोशीलाई एउटी ‘प्याकेज’ गायिका मानिन्छ । स्वरमा मिठासपन, रूपमा राम्री, ग्ल्यामरस छवि, पर्फेक्ट ड्रेस सेन्स अनि स्टेजमा दमदार प्रस्तुति । यिनै कुराको संयोजनले उनलाई सफलताको स्वाद चखाएको हो ।
उनको उमेरसमूहमा यतिका चर्चा र सफलता पाउने नेपाली युवा कमै छन् । नवलपरासीमा जन्मेकी इन्दिराले अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, क्यानडा, कतार, ब्रुनाई, स्विट्जरल्यान्डलगायत ३० भन्दा बढी मुलुकमा आफ्नो प्रस्तुति दिइसकेकी छन् ।
लुट, नाइँ नभन्नु ल ४, ठूलीलगायत डेढ दर्जन चलचित्रमा समेत स्वर दिइसकेकी इन्दिरा र अशोकप्यासी राईबीच भएको कुराकानीको मुख्य अंशः
हिजोआजको दिनचर्या ?
विन्टर सिजन महोत्सवको मौसम हो । केही चलचित्रका गीत पनि रेकर्ड भइरहेका छन । अहिले म डिजिटल म्यागेजिन ‘एन म्याग’ को एड्मिनिस्टेरका रूपमा पनि काम गर्दैछु ।

आत्मविश्वासी, मेहनती र प्रगतिशील पुरुषले मलाई आकर्षित गर्छ । भविष्यप्रति आशावादी भएर अगाडि बढ्ने हिम्मत हुनुपर्छ ।
गीत गाएर यो स्थानसम्म आइपुगिएला भन्ने कल्पना गर्नुभएको थियो ?
संगीत मलाई मनपर्ने क्षेत्र हो तर मैले तार्गेट चाहिँ तय गरेको थिइनँ ।
संगीतमा के कुराले आकर्षित गरिरहन्छ ?
आत्मसन्तुष्टि, विश्व भ्रमण गर्ने अवसर, स्टेज प्रस्तुतिको रमाइलो, श्रोताले गीत मन पराइदिँदाको मजा सबै पक्षले लोभ्याउँछ ।
सुन्दर र ग्ल्यामर छवि भएका गायिकाले राम्रो प्रिभिलेज पाउँछ भनिन्छ नि ?
पफमिङ आर्टिस्टका लागि त्यो स्वाभाविक हो । उनीहरू आकर्षित हुन जरुरी पनि छ । विश्वमा त पफमिङ आर्टिस्टले आफूमा भएको तीनचार प्रतिभा एकैसाथ देखाउन सक्छ । नेपालमा त्यो भावनाको विकास अझै भएको छैन ।
आफ्नो स्वर कि रूपको प्रशंसा सुन्दा खुसी लाग्छ? पहिलो त स्वर नै हो । गीत राम्रो भयो भने स्टेज हुँदै श्रोतादर्शकसम्म पुगिने हो । त्यसपछि मात्रै रूपको कुरा आउँछ ।
अहिलेसम्म कति जति गीत गाउनुभयो होला ?
मैले संख्यालाई महत्व दिइनँ । धेरैभन्दा पनि श्रोतादर्शकले रुचाउने गीत गाउन पाइयोस् भन्ने मलाई लाग्छ ।
सुरुमा गायनमा लाग्छुभन्दा परिवारको प्रतिक्रिया ?
सानै उमेरदेखि म विभिन्न प्रतियोगितामा भाग लिन्थेँ । संगीत क्षेत्रप्रतिको मेरो रुचि र चाहनामा परिवारको सधैं साथ र समर्थन रह्यो ।
आफूले गाएकामध्ये आफ्नो विचार र दर्शनसँग मिल्ने गीत ?
विचार दर्शनभन्दा पनि मैले आफैं रचना गरेको ‘जाउँ कि नजाउँ’ बोलको गीत समय सान्दर्भिक लाग्छ । विदेश जाउँकी देशमै रहुँ भन्ने दोधारमा रहनेको भावना गीतमा छ । धेरै नेपालीमा यस्तो दोधार छ अहिले ।

तपाईंले बढी सुन्ने गायकगायिका ?
चलेका प्रायः सबैको गीत सुन्छु । अंग्रेजी हिन्दी गीत पनि त्यत्तिकै सुन्छु ।
आफ्नो कुन पक्षमा तपाईंलाई गौरव लाग्छ ?
आफूभन्दा पनि आफ्नो पेसाप्रति चाहिँ गौरव लाग्छ । म जे काम गर्छु खुसीका साथ गर्छु ।
आफ्नो सुधार्नु पर्ने पक्ष पनि होला नि ?
सुधार्नुपर्ने त गायन नै लाग्छ । स्वरलाई कसरी प्रभावकारी बनाउने भन्ने चिन्ता भइरहन्छ ।
नेपाली तारामा भाग नलिएको भए करियर के हुन्थ्यो होला ?
मैले त्यसरी सोचेको छैन । तर त्यो टर्निङ प्वाइन्ट चाहिँ लाग्छ ।
नेपाली संगीत क्षेत्र त खासै फस्टाउन सकेन नि ?
विस्तारै राम्रो हुँदै छ । नेपालमा अरू सबै क्षेत्र पनि उस्तै छ । जनसंख्याको दृष्टिले बरु संगीत क्षेत्र नै राम्रो लाग्छ ।
विवाह गर्ने बेला भएन अब ?
विवाह त गर्नैपर्छ तर अहिले व्यस्तताले त्यसबारे सोच्ने फुर्सद नै छैन । घरपरिवारबाट पनि विवाहका लागि दबाब छैन ।
अहिलेसम्म कति जतिले प्रपोज गरे होलान् ?
विभिन्न माध्यमबाट प्रपोज त आइरन्छ । गन्ने कुरा भएन । त्यस्ता प्रपोजहरू गीत मन पराएकै कारण गर्ने भएकाले त्यसलाई सामान्य रूपमा लिनुपर्छ ।
पुरुषको कुन पक्षले आकर्षित गर्छ ?
आत्मविश्वासी, मेहनती र प्रगतिशील हुनुपर्छ । मैले पनि धेरै मेहनत गरेर प्रगति गरेकी हुँ । भविष्यप्रति आशावादी भएर अगाडि बढ्ने हिम्मत हुनुपर्छ ।
जीवनमा अफसोस लाग्ने केही गल्ती गरे जस्तो लाग्छ ?
सामान्य काजोरीहरू त भए होलान् तर जिन्दगीमै अफसोज लाग्ने त्यस्तो गल्ती भएको छ जस्तो लाग्दैन ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु