पूर्वेली ठिटीले ” एलिसा राई ” ले गायक प्रेमको दिल चोरेपछि – America Nepal

Wednesday, December, 2016

पूर्वेली ठिटीले ” एलिसा राई ” ले गायक प्रेमको दिल चोरेपछि

सुनसरी / मोरङको सुन्दरदुलारी नगरपालिका वडा नम्बर ५ स्थायी घरभई हाल काठाण्डौंमा बसेर संगीत क्षेत्रमा सघर्ष गरिरहेका युवा गायक प्रेम घिमिरेले पुर्बेली ठिटीले दिल चोरी …..बोलको गीतको म्यूजिक भिडियो हालै युटुब मार्फत सार्वजनिक गरेका छन् । सानै उमेरदेखि संगीतप्रति रुची राख्ने घिमिरे हाल संगीत बिषय लिएर ललितकला क्यम्पसमा अध्ययन छन् । संगीतमै डिग्री गर्ने योजनाका साथ पढिरहेका उनले गाएको गीत पुर्बेली ठिटीले दिल चोरी ….उत्कृष्ट छ । उनको स्वरमा संगीत पारखीहरुले फरक मिठास पाउने छन् । गीतको शब्द गायक घिमिरेले आफै लेखेका हुन् । शंकर योगीको संगीत रहेको उनको गीतमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् ।

 

उनको गीतको म्यूजिक भिडियो निर्देशन सचिन थापा मगरले गरेका छन् । काठमाण्डौं आसपासका रमणीय स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोमा लुट २ मा ठमेल बजार बोलको आइटम गीतमा नृत्य गर्ने अहिलेकी चर्चित मोडल एलिसा राईले अभिनय गरेकी छन् । उनलाई गायक किरन भुजेलले अभिनयमा साथ दिएका छन् । भुजेलले पहिलो पटक घिमिरेको गीतमा मोडलिङ गरेका हुन् । पुर्बेली ठिटीले दिल चोरी …. गीतको प्रोमोशनका लागि पूर्व आएका घिमिरे भन्छन् –‘केही महिना यो गीतको प्रमोशनका लागि देशका बिभिन्न स्थान जान्छु । अनि श्रोता दर्शकहरुबाट आएको प्रतिक्रियालाई ध्यानमा राखेर फेरी म्यूजिक भिडियो सहित अर्को गीत युटुब मार्फत नै सार्वजनिक गर्छु । ’

आफ्नो पढाई पनि संगीतमै भएकाले अब निरन्तर यसैक्षेत्रमा लागि पर्ने उनले बताए । उनले अब आफुले स्वर दिएका गीतहरुको म्यूजिक भिडियोको छायांकन पूर्वका उत्कृष्ठ रमणिय स्थानमा गर्ने धोको रहेको बताए । आस म्यूजिक कम्पनीद्धारा निर्मित गायक घिमिरेको भिडियो हाईलाइट्स नेपालले युटुबमा राखेको हो ।

भिडियाे


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु