पहिलो प्रेम विवाहित पुरुषसँग गरेकी नायिका कमली ११ बर्षदेखि दोस्रो प्रेममा – America Nepal

Wednesday, January, 2017

पहिलो प्रेम विवाहित पुरुषसँग गरेकी नायिका कमली ११ बर्षदेखि दोस्रो प्रेममा

काठमाडौं, २७ पुस । नेपाली चलचित्र क्षेत्रमा स्थापित हुन पछिल्लो समय दर्जनाैँ कलाकार संघर्षरत छन् । चलचित्र क्षेत्रमा आफूलाई परिचित र स्थापित गराउन कठिन छ । यस्तै मध्येकी एक हुन्– कमली वाइवा । नेपाली चलचित्र भिमदत्तबाट रजतपटमा डेब्यु गरेकी नायिका कमली वाइवा आफूलाई नायिकाको रुपमा स्थापित गराउनलाई संघर्ष गरिरहेकी छिन् । करिब १८ बर्षदेखि हङकङमा बसोबास गर्दै आएकी कमलीको सपना पनि नायिका बन्नु नै हो । उनले हङकङ बस्ने क्रममा पनि चार वटा म्यूजिक भिडियो गरिसकेकी छिन् भने भिमदत्त नामक चलचित्रमा अभिनय गरिसकेकी छिन् । अहिले उनले अभिनय गरेको चलचित्र ‘शब्द’ प्रदर्शनको क्रममा रहेको छ । जुन यहि पुस २९ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

चलचित्र शब्दको लागि उत्साहित रहेकी कमली यस चलचित्रबाट आफ्नो करियर उकालो लाग्नेमा आशावादी रहेको बताउँछिन् । ‘चलचित्रमा मेहनत गरेको छु । काशी नामक भूमिका रहेको छ। सौगात मल्लसँग अपोजिट रहेर काम गर्न मौका पाएँ । मेरो काम र मेहनतलाई मन पराइदिनुहुन्छ भन्ने विश्वास गरेको छु ।’

कमलीलाई सौगात मल्ल मन पर्ने कलाकार हुन् । उनीसँग रोमान्स गर्न पाउँदा खुसी लागेको बताउँछिन् । ‘सुरुमा मलाई थाहा थिएन चलचित्रमा सौगात मल्लसँग काम गर्दैछु भनेर । जब निर्देशकले काममा सौगात पनि छ भन्दा डरको साथमा खुसी पनि लाग्यो । चलेका कलाकारसँग काम गर्न चुनौती हुन्छ । उहाँको फ्यान हुँ म । घमण्डी हुनुहुन्छ होला भनेर सोचेको थिएँ । तर, जब भेट भयो उहाँ जस्तो सरल मान्छे मैले देखेको थिइँन् । एकदमै मिलनसार र सहयोगी हुनुहुन्छ सौगात मल्ल’, सौगात मल्लसँग पहिलो भेटको अनुभव सुनाइन् कमलीले ।

कमली वाइवा चलचित्र शब्दकी मुख्य पात्र हुन् । उनीसँग चलचित्रमा प्रेममा पर्ने धेरै छन्, तर रियल लाईफमा कति छन् त ? उनी भन्छिन् ‘११ बर्ष भयो एक जनाको प्रेममा परेको । ’ रजतपटमा आइराख्ने विभिन्न समाचारबाट भने कहिले काहीँ उनका प्रेमी रिसाउँछन् रे । ‘विभिन्न विषयमा आइरहने समाचारका कारण रिसाउनु हुन्छ तर अहिले बुझ्ने हुनु भएको छ, यो क्षेत्र नै यस्तो हो भनेर । अहिले फकाउन पनि सजिलो भएको छ’, कमली सुनाउँछिन् ।

प्रेमको बारेमा कुरा गर्र्दै जाँदा कमलीको पहिलो प्रेम भने एक जना विवाहितसँग भएको थियो रे । ‘पहिलो प्रेम एक जना विवाहितसँग परेको थियो । उहाँलाई थाहा थिएन । एकदमै राम्रो हुनुहुन्थो । घरको छतमा आइराख्नु हुन्थ्यो । एकतर्पी प्रेम बसेको थियो । पछि थाहा पाए उहाँ त एक बच्चाको बुवा पो हुनुहुँदो रहेछ ।’

लामो समय हङकङमा बस्दै आएकी कमली चलचित्र निर्माण गर्न सोचमा छिन् । ‘नेपालमा नै बस्ने मिलाउँदैछु । चलचित्र निर्माण गर्न सोच छ । हेर्दे जाउ के हुन्छ’, उनले भनिन् ।


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु