खेलकुद – Page 3 – America Nepal

Thursday, December, 2016

खेलकुद

एक हप्ताअघि मात्र आफू बुवा बन्न लागेको खबर थाहा पाएका ब्राजिलका फुटबल खेलाडी विमान दुर्घटनामा मृत्यु

यो निकै हृदयविदारक छ । ब्राजिलका फुटबल खेलाडीले विमान दुर्घटनामा मृत्युवरण गर्नु एक हप्ताअघि मात्र आफू बुवा बन्न लागेको खबर थाहा पाएका थिए । च्यापेकोएन्सका फरवार्ड टियागुइन्हो भनेर चिनिने टियागो दा रोचा भिइरालाई उनकी श्रीमती ग्राजियलले यसबारे जानकारी दिँदा उनको प्रतिक्रियालाई क्यामरामा कैद गरेका थिए । भित्तामा अडेस लागेर बसिरहेका टियागुइन्होले उपहारको ब्यागमा

विमान दुर्घटनाअघि सान्तनाको ट्विट – ‘जति जीवन मैले बाँचेँ, ती सबैलाई माया गर्नेछु’

सोमबार बिहान मात्र ब्राजिलको ‘ए’ डिभिजन क्लब चापाकोइन्सेका खेलाडी क्लब अध्यक्ष अल्भाडेर पेलिसारसँग बिदाई माग्दै भनिरहेका थिए, ‘हामीले एउटा सपना बुनेका छौं, जसलाई यथार्तमा परिणत गर्न जाँदैछौं।’ सन् १९७३ मा ब्राजिलको दक्षिणी सहर चापेकोमा चापाकोइन्से क्लब स्थापना गर्दा अध्यक्ष अल्भाडेरले थुप्रै सपना बुनेका थिए। यही सपना साकार पार्ने क्रममा क्लब २०१४ मा पहिलो श्रेणीमा

क्रिस्टियानो रोनाल्डो नयाँ प्रेमिका स्पेनिस सुन्दरीसँग डिज्नील्यान्डमा भेटिए

रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फेरि एकपल्ट नयाँ प्रेमिकासँग घुम्दै गरेको भेटिएका छन्। रुसी मोडल इरिना सायकसँग पाँच वर्ष लामो सम्बन्ध बिग्रिएपछि म्याड्रिडमा एक्लै बस्दै आइरहेका रोनाल्डो गत साता डिज्नील्यान्डमा स्पेनिस सुन्दरीसँग रोमान्स गरिरहेको अवस्थामा भेटिएका थिए। स्पेनिस मिडियाले उनको फोटो खिच्न खोज्दा आफ्नो अनुहार लुकाएका थिए। तर,

दुखद खबर : ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज कोलम्बियाको मेडेलिनमा दुर्घटनाग्रस्त

मंसिर १४, २०७३- ब्राजिलियन फुटबल खेलाडीसहित ८१ जना यात्रु बोकेको जहाज कोलम्बियाको मेडेलिनमा दुर्घटनाग्रस्त भएको बताइएको छ। ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो। बीबीसीले जनाए अनुसार अहिलेसम्म विस्तृत विवरण आउन सकेको छैन । कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने क्रममा

मीरालाई जिताउने जिम्मेवारी अनलाइन भोटिङमा

असाधारण साहसिक सफलता प्राप्त गर्ने विश्वका १० साहसी खेलाडीको सूचीमा नेपालकी विश्व चर्चित धाविका मीरा राई पनि परेकी छिन् । विश्वका धेरै दौड प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेकी मीरा नेसनल जियोग्राफी ‘एडभेन्चर अफ द इयर’को सूचीमा टपटेनभित्र पर्न सफल भएकी हुन् । नेसनल जियोग्राफीले मीरासहित टपटेनभित्र परेका १० साहसिक खेलाडीको सूची गत शुक्रबार सार्वजनिक गरेको हो

खेलाडीलार्इ सरकारले आठ लाखको सम्मानः तर उधारो

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा विजयी नेपाली फुटबल खेलाडीलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गरे । सम्मान समारोहमा प्रधानमन्त्री प्रचण्डले भाषण पनि गरे । ‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो एक वर्षमै नेपालले ठूला तीन पदक जितेको छ, नेपालको विजयी

राजेश हमालसँग बिहे भएन,अब अमेरिकामा डब्लु डब्लु ई नखेली बिहे नै गर्दिन

रेस्लर कसरी बन्नुभयो ? ‘संयोगले ’ भगवती खड्का सजिलै उत्तर दिन्छिन । किनकि, उनको जीवनमा कुनै निश्चित उद्देश्य थिएन । जीवन काट्ने क्रममा उनले जे जति काम गरिन्, इमान्दारी र लगनले गरिन् । फलस्वरुप उनले नसोचेको रेकर्ड बनाइन्, ‘नेपालको पहिलो महिला रेस्लर’ उनका नामको अगाडि यो ट्याग त्यत्तिकै जोडिएको होइन । यसका लागि उनले गरेको संर्घष सुन्दा जो कोहीको आङ सिरिङ्ग हुन्छ । उनी पहिलो

काठमाडौं त्रिभुवन विमानस्थलमा छछल्केको खुशीको आँशु: विजयी नेपाली फुटवल टिमलाई भव्य स्वागत

मंसिर १, २०७३- मलेसियामा सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राति पौने १० बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरे । उनीहरुको स्वागत गर्न एन्फाका अधिकारीहरु पनि उपस्थित थिए । विमानस्थलमा उपस्थित यात्रु तथा तिनका

यी युवतीले पाँच ईन्चको हिल लगाएर पनि बल भुँइमा नझारी खेलाएर सबैलाई चकित पारे

एजेन्सी, अर्जेन्टिनाको एक नायिका फियोरेला कोस्टिलो आजभोलि धेरै चर्चामा आएकी छन्। उनी अरु कुनै कारणले नभइ हिन्दू धर्ममा विश्‍वास गर्छिन्। यतिम मात्रै नभएर उनले आफ्नो शरीरमा ‘ॐ’ को ट्याटू बनाएकी छिन्। यसका साथै उनले पाँच इन्चको हिल लगाएर सजिलै फुटबल खेल्न मन पराउँछिन्। उसले फुटबललाई राम्रोसँग खेलेर आफ्ना समर्थकलाई चकित बनाउँदै आएकी छिन्।

फुटबलमा नेपालले उचाल्यो एतिहासिक उपाधि

कात्तिक ३०, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको च्याम्पियन बन्न सफल भएको छ । यो संगै नेपालले पहिलो पटक महादेशीय उपाधि उचाल्न सफल भएको हो । आज भएको फाइनल खेलमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरे । सुजलले खेलको २९ औं मिनेटमा भरत खवासको पासमा हेडमार्फत गोल गरेका थिए ।