Monday, January, 2017

खेलकुद

रियल मड्रिडलाई हरायो

माघ ३ – कीर्तिमानी ४० खेलमा अपराजित रहेको रियल मड्रिडको अपराजित यात्रा टुंगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भयो । रियल मड्रिडको हारमा सर्जियो रोमोसको आत्मघाती गोल र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी स्टिभव जोवेटिकको गोल निर्णायक बन्यो । सेभिल्लाको मैदानमा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा रोकिए पनि ६७

घाइते अवस्थामै दौडिएर विश्व च्याम्पियन बनेकी मीरालाई २८ लाखसहित सम्मान गरिने

अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उनलाई २८ लाखसहितको सम्मान गर्न लागेका हुन् । स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव

राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी टोलीको दादागिरी

अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो । एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ । एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे ।

माओवादीको अयोग्य लडाकु “मिरा राई” यसरी बनिन विश्व च्याम्पियन

अल्ट्रा म्याराथनमा दौडिन थालेको १८ महिनामै मीरा राई विश्व वरियताको दोस्रो स्थान ओगट्न सफल भएकी छन् । अवसर र संकल्प भए जित टाढा छैन भन्ने उदाहरण बनेकी उनले १९ सेप्टेम्बर ०१५ मा स्पेनमा सम्पन्न ‘अल्ट्रा म्याराथन विश्व च्याम्पियनसिप’मा विश्व च्याम्पियनलाई पछ्याइन् । अहिले उनी नेसनल जोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ को छनोटमा परेकी छन् । अल्ट्रा म्याराथनमा

खाली खुट्टै दौडिएर पदक जितेकी सीमा भन्छिन्–मलाई दौडिँदा जुत्ता लाउनुपर्छ भन्ने थाहै थिएन

सुनसरी, पुस ११ – ‘मलाई दौडिँदा जुत्ता लाउनुपर्छ भन्ने थाहै थिएन’ एथलेटिक्सको ८ सय मिटरमा कास्य पदक जितेको केहीबेरमा उनले भनिन् ‘थाहा भएको भएपनि किन्नलाई पैसा थिएन ।’ खाली खुट्टा दौडिएकी १५ वर्षकी सीमाले आफूभन्दा धेरै सुविधा सम्पन्न ट्रयाक, डाइट र प्रशिक्षकको साथ पाएका विभागीय टोलीका व्यावसायिक खेलाडीलाई टक्कर दिइन् । जीवनमा कहिलै तालिम र प्रशिक्षण नपाएकी उनले दौडनका लागि

बन्दुक बोकेर दश बर्ष बिताएकी मिरा राई अहिले विश्व म्याराथनमा नेपाललाई चिनाँउदै

मंसिर २५, २०७३- नेसनल जियोग्राफी च्यानलले वर्षेनी वितरण गर्ने ‘एड्भेन्चररर्स अफ द इयर’ अवार्डको मनोनयनमा परेकी नेपाली अल्ट्रा धाविका मीरा राई अचेल त्यसकै भोटका लागि अपिल गरिरहेकी हुन्छिन् । अवार्डमा उनलाई जिताऊँ भन्दै सामाजिक सञ्जालमा व्यापक पहल पनि भइरहेका छन् । फ्रान्स र हङकङमा आयोजित विश्व म्याराथनमा सफलता हासिल गरेकी राई व्यक्तिगत प्रतिस्पर्धामा नेपालबाट

मेसी समूह चरणको खेलमा सर्वाधिक गोल गर्ने स्ट्राइकर

क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस सिजनको समूह चरणको सबै खेल सम्पन्न भएका छन्। जसमा अन्तिम १६ मा चुनिएर आउने क्लबको पनि टु‌ंगो लागेको छ। यसपालि समूह चरणको खेलमा बार्सिलोनाका स्टार स्ट्राइक लिओनल मेसी सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगेका छन्।उनले ६ खेलमा १० गोल गरेका छन्। कूल ४ सय ५० मिनेट मैदानमा देखा परेका अर्जेन्टिनी स्ट्राइकरले ४५

एक हप्ताअघि मात्र आफू बुवा बन्न लागेको खबर थाहा पाएका ब्राजिलका फुटबल खेलाडी विमान दुर्घटनामा मृत्यु

यो निकै हृदयविदारक छ । ब्राजिलका फुटबल खेलाडीले विमान दुर्घटनामा मृत्युवरण गर्नु एक हप्ताअघि मात्र आफू बुवा बन्न लागेको खबर थाहा पाएका थिए । च्यापेकोएन्सका फरवार्ड टियागुइन्हो भनेर चिनिने टियागो दा रोचा भिइरालाई उनकी श्रीमती ग्राजियलले यसबारे जानकारी दिँदा उनको प्रतिक्रियालाई क्यामरामा कैद गरेका थिए । भित्तामा अडेस लागेर बसिरहेका टियागुइन्होले उपहारको ब्यागमा

विमान दुर्घटनाअघि सान्तनाको ट्विट – ‘जति जीवन मैले बाँचेँ, ती सबैलाई माया गर्नेछु’

सोमबार बिहान मात्र ब्राजिलको ‘ए’ डिभिजन क्लब चापाकोइन्सेका खेलाडी क्लब अध्यक्ष अल्भाडेर पेलिसारसँग बिदाई माग्दै भनिरहेका थिए, ‘हामीले एउटा सपना बुनेका छौं, जसलाई यथार्तमा परिणत गर्न जाँदैछौं।’ सन् १९७३ मा ब्राजिलको दक्षिणी सहर चापेकोमा चापाकोइन्से क्लब स्थापना गर्दा अध्यक्ष अल्भाडेरले थुप्रै सपना बुनेका थिए। यही सपना साकार पार्ने क्रममा क्लब २०१४ मा पहिलो श्रेणीमा

क्रिस्टियानो रोनाल्डो नयाँ प्रेमिका स्पेनिस सुन्दरीसँग डिज्नील्यान्डमा भेटिए

रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फेरि एकपल्ट नयाँ प्रेमिकासँग घुम्दै गरेको भेटिएका छन्। रुसी मोडल इरिना सायकसँग पाँच वर्ष लामो सम्बन्ध बिग्रिएपछि म्याड्रिडमा एक्लै बस्दै आइरहेका रोनाल्डो गत साता डिज्नील्यान्डमा स्पेनिस सुन्दरीसँग रोमान्स गरिरहेको अवस्थामा भेटिएका थिए।स्पेनिस मिडियाले उनको फोटो खिच्न खोज्दा आफ्नो अनुहार लुकाएका थिए। तर,