राजनीति – America Nepal

Wednesday, June, 2017

राजनीति

काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार भएपछि एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा

गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा नेपाली काँग्रेसका प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएपछि प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ। कांग्रेस प्रतिनिधिलाई खुकुरी प्रहार भएपछि कांग्रेस कार्यकर्ताहरुले नेतृ रामकुमारीको उक्सावटमा घटना भएको आरोप लगाएका छन्। मतदानस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएर

देउवाभन्दा गगन थापा कुदे पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्वर ७ बाहेक अन्य प्रदेशमा पुग्न सकेनन् । तर कांग्रेसका युवा नेता गगन थापा भने पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको यात्रा गरे । पूर्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापादेखि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङको गृहजिल्ला इलामसम्म पुगेर थापाले धावा

एमाले परित्याग गरेपछि आत्मसन्तुष्टि मिल्योः पूर्व मेयर राई

धरान, असार १० । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले नेकपा एमाले परित्याग गरेपछि आत्मसन्तुष्टि भएको बताउनुभएको छ । एमालेका पूर्व नेता राई पार्टी परित्याग गरी केही समय अघि फोरम प्रवेश गर्नुभएको थियो । एमालेबाट वि.सं. २०४९ सालमा धरानको मेयरमा निर्वाचित राईले शनिवार धरानमा फोरम र नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा एमालेको व्यापक आलोचना गर्नुभयो ।

रोल्पाका १० वटै स्थानीय तहमा माओवादीको विजय सुनिश्चित– वर्षमान पुन

रोल्पा, असार ६ । माओवादी केन्द्रका कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले रोल्पा नगरपालिकासहित १० वटै स्थानीय तहमा माओवादीले विजयी हाँसिल गर्ने बताएका छन् । रोल्पामा आयोजित एक कार्यक्रममा बोल्दै नेता अनन्तले रोल्पा माओवादीको आधार क्षेत्र भएकोले सबै क्षेत्रमा जित्ने दावी गरे । ‘रोल्पामा माओवादी हार्नुपर्ने कुनै कारण छैन, म आवश्यक परे सम्पूर्ण विवरण

हाम्रा काका प्रचन्ड सप्रिएकै हुन त?- सुनिलमणि दाहाल

खै कसरी हो, हाम्रा काका प्रचन्ड उछिट्टिएर पश्चिम तीरको जङल पसेको कुनै पत्तै भएन । मैले मादिका दाहालको बंशावली पल्टाए तर कुनै पनि रुखका हागाहरुले काका प्रचण्डलाई छोएको पाइन । काका हराएका मान्छे हुन भन्ठाने । शायद त्यसपछि होला काकाले बाटो विराएर बिरक्तिदै पश्चिमतिरको जङलतिर लागेका हुन सक्ने अनुमान गरे । खैर भाग्यको खेला न हो । काकालाई जङ्गल प्रिय भयो । हातमा बन्दुक र गोला

देउवाकाे गृह जिल्लामा कांग्रेसका बागी उम्मेदवारको लर्काे

असार ४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा डडेलधुरामा उम्मेदवारको मनोनयन शान्ति पूर्ण ढंगबाट सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ८ बजेदेखि मनोनयन प्रकृया सुरु गरिएको थियो । बेलुका ४ बजे भित्र निर्वाचन अधिकृतको कार्यालयको हाता भित्र प्रवेश गरिसकेकाको उम्मेदवारीको दर्ता बेलुका ६ बजेसम्म गरिएको थियो । जिल्लाका २ नगरपालिका र

भट्टी पसलमा फालिएको त्यो अमूल्य भोट

मनहरि तिमिल्सिना स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएपनि यसको सन्दर्भ सकिएको छैन । इतिहासमै सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भए पनि नेपाली समाजमा विद्यमान सोंच र विकसित संस्कारलाई निर्वाचनले राम्रैसँग उजागार गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा समीक्षा गर्नैपर्ने र गर्न लायक कैयौं विषयहरु छन् । यद्यपि, यहाँ निर्वाचनको क्रममा देखापर्ने आर्थिक

पुर्व राष्ट्रपतिकी छोरीको यस्तो व्यंग, भनिन्– ‘नेपाली टोपी लगाउँदैमा नेपाली हुँदैन’

काठमाडौँ ३ असार । गोर्खाल्याण्डको माग गर्दै भारतको पश्चिम बंगालमा चर्किदै गएको आन्दोलनप्रति पूर्व राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवले कटाक्ष प्रहार गरेकी छिन् । उनले दार्जिलिङमा नेपाली भाषा बोल्नेहरु र नेपाली टोपी लगाउनेहरु नेपाली नभएको भन्दै कडा शब्दमा टिप्पणी गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा दार्जिलिङमा नेपाली भाषीले आन्दोलन गर्दा समर्थन गर्ने

हिजो सहमति गरेर आज आन्दोलन जारी राख्ने राजपा? – निधि

हिजो मात्रै सरकारसँग २ नम्बर प्रदेशको चुनाव सार्ने सहमति गरेको राष्ट्रिय जनता पार्टीले आज फेरि आन्दोलन जारी राख्ने निर्णय गर्नु बेठीक भएको सत्तारुढ दलका नेताहरूले बताएका छन्। पूर्व गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले हिजो राजपाकै सहमतिमा सरकारले निर्वाचन सार्ने निर्णय गरेको उल्लेख गर्दै आज फेरि आन्दोलन जारी राख्ने भनी निर्णय गर्नु अनुपयुक्त भएको बताए।

एमाले नेताको भाषण सुनेर वृद्ध आमाको आँखामा आँसु

टेकेन्द्र बस्याल कोहलपुर— बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बिहिबार कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा आयोजित नेकपा एमाले पार्टी उम्मेदवार आमसभा कार्यक्रममा वृद्धवृद्धा भावुक बने। उनका भाषणमा सहभागी ७० बर्षमाथिका वृद्धवृद्धाका आँखाबाट आँसु झरे। आमसभाको अग्रभागमा बसेका दर्जन वृद्धवृद्धा सांसद सुनारको भाषणबाट भावुक बनेर रुन थालेका थिए।