मुख्य खबर – Page 3 – America Nepal

Tuesday, June, 2017

मुख्य खबर

सर्वोच्चद्वारा चार वर्षपछि पार्वतीको रिट खारेज

काठमाडौं : वरिष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउनुपर्ने मागसहित तत्कालीन एआईजी पार्वती थापामगरले दायर गरेको रिट निवेदन प्रयोजनहीन भएको भन्दै चार वर्षपछि सोमबार सर्वोच्च अदालतबाट खारेज भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुरूप आफूभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई आईजीपी बनाइएको दाबीसहित थापाले ०७० साल कात्तिक २६ गते सर्वोच्चमा रिट दायर

शोभराजले भने– अब म मर्छु होला, मेरो मृत शरीर चिरफार नगरीदिनु

काठमाण्डु, २९ जेठ– ‘मिस्टर जेलर, अब म धेरै बाँच्दिन होला । मरेपछि मेरो शव चिरफार नगरिदिनु । दूतावासमा बुझाइदिनु ।’ करिब तीन महिनाअघि केन्द्रीय कारागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै बेदना पोख्दा चाल्र्स शोभराजको शरीर सुन्निएको थियो । शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि उनी निकै कमजोर भइसकेका थिए । १३ वर्ष जेल बस्दा उनी दम्भी थिए । आफूमाथि ठूलै विश्वास थियो । उनी

बलात्कारको घटना लुकाउन बालिकाको हत्या

जेष्ठ २६, २०७४- आफन्तलाई जबरजस्ती करणी गरेको देखेपछि दमक २ भालुखुडीका हेमकुमार दाहालकी ९ बर्षीया छोरी गंगा दाहालको हत्या भएको प्रहरीले जनाएको छ । छिमेकी ४३ बर्षीय लक्ष्मीप्रसाद अधिकारीले बालिकाको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । इलाका प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटना र हत्यारा सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्त अधिकारीलाई शुक्रबारै

७३ वर्षीय कुख्यात अपराधी शोभराजसँग लभित्रै बिहे गरेकी १८ वर्षीया नेपाली किशोरी

२५ जेठ, काठमाडौं । ‘विकिनी किलर’का नामले संसारभर कुख्याती कमाएका चार्ल्स शोभराजको कडा सुरक्षा घेराबीच मुटुको जाँच गरिएको छ ।नेपालको जेलमा रहेका शोभराजको आगामी शनिबार ओपन हार्ट सर्जरी हुन लागेको भारतीय पत्रिका दि इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । शोभराज केही दिनअघि हृदयघात भएर केन्द्रीय कारागारमै ढलेका थिए । ७३ वर्षीय कुख्यात अपराधी शोभराज विगत १४ वर्षदेखि नेपालको

म्यादी र जवानको तलब स्केल एउटै, आन्दोलनको अर्थ छैन

काठमाडौं, जेठ २५ – तलब–भत्ता तोकिएको भन्दा कम पाएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले आन्दोलन गर्नुको कुनै औचित्य नभएको पुष्टि भएको छ । म्यादीले प्रहरी जवान सरह तलब–भत्ता पाउने भएपछि उनीहरुले गरेको आन्दोलनको कुनै अर्थ नभएको पुष्टि भएको हो । आफूहरुले तोकिए भन्दा झण्डै १० हजार रुपैयाँ कम पाएको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रिएका थिए । तर उनीहरुले पाउनु पर्ने तलब

भरतपुरमहानगरमा देबीप्रसाद ज्ञवाली नै मेयर !

सबैको चासो यतिखेर भरतपुरमा नै छ । सरकार गठन र को बन्ला अब मन्त्री भन्दा पनि भरतपुरमा अब के होला भन्ने नै धेरैको चासो पाइन्छ । भरतपुर महानगरमा यति बिघ्न चासो जानुको पछाडि नेपाली काँग्रेस र माओबादी गठबन्धनबाट निवर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डकी पूत्री रेणु दाहाल र एमालेका स्थानीय लोकप्रीय नेता देबीप्रसाद ज्ञवाली उम्मेदवार रहेकाछन् । मेयरकी उम्मेदवार दाहाल

प्रचण्डलाई भैंसी पुजा गर्न लगाउने साधुले देउवालाई दिए हिन्दू राज्य फर्काउन आर्शिवाद

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा साधुको आर्शिवाद लिन गएको खुलासा भएको हो ।प्रधानमन्त्री निर्वाचित भएलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजु राणालाई लिएर ठमेलस्थित सन्त कृष्णदासजी महाराजसँग आर्शिवाद लिन पुगेको खुलासा भएको हो । स्रोतका अनुसार, सन्तले देउवालाई कार्यकाल सफलताको कामना गर्दै नेपालमा हिन्दू राज्य फर्काउन

जेब्राक्रसमा मारिएकी छोरी, मिलापत्रको दबाब दिने प्रहरी

दुर्घटनाको दोस्रो दिन मंगलबार प्रहरी कार्यालय महाराजगन्जमा दबाब दिन गएका स्थानीय र आफन्तबीच मृतककी दिदी सविता घटनास्थलमा फेला परेको बहिनी रविनाको मोबाइल देखाउँदै। तस्बिर: गिरीश गिरी/सेतोपाटी सरकारले पैदलयात्रीमाथि कारबाही चलाएको एक साता नबित्दै सोमबार राजधानीमै २३ वर्षीया युवती रविना चौधरीको मृत्यु बसको ठक्करबाट भएको छ, त्यो पनि जेब्राक्रसमै। जथाभाबी बाटो काट्दा

उचित पारि श्रमिक नपाएको भन्दै म्याद नसकिदै म्यादी प्रहरीले धमाधम राजीनामा दिन थाले

काठमाडौं : सरकारले अवधि थप गर्ने तयारी गरिरहेका बेला म्यादी प्रहरीले धमाधम राजीनामा दिन थालेका छन् । प्रहरी प्रधान कार्यलयका अनुसार मंगलबारसम्म काठमाडौं उपत्यकाबाहिर मात्र ४ हजार ६ सय ४८ जना म्यादी प्रहरीले राजीनामा दिइसकेका छन् ।काठमाडौं उपत्यकाभित्र पनि पाँच सयभन्दा बढीले राजीनामा दिएका छन् । सरकारले स्थानीय तहको निर्वाचन दृष्टिगत गरी ७५ हजार म्यादी प्रहरी ५५ दिनका

अब प्रधानमन्त्रीको कुर्सी देउवालाई

२३ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले आफ्नो नेतृत्वमा बन्ने सरकारका पाँच प्राथमिकता पनि सुनाएका छन् ।प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि संसदमा सम्बोधन गर्दै देउवाले दोस्रो चरणको स्थानीय चुनावसँगै प्रदेश र केन्द्रको चुनाव माघ ७ भित्र गर्ने प्रतिवद्धता जनाए । कांग्रेस