मुख्य खबर – Page 2 – America Nepal

Monday, June, 2017

मुख्य खबर

ब्रेकिङ्ग – कङ्गोमा नेपाली सेना र विद्रोहीबीच दोहोरो भिडन्त

एजेन्सी, असार ४ | शान्ति सेनामा रहेका नेपाली सेना र कंगोका बिद्रोही लडाकु बीच भिडन्त भएको छ | अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘मोनुस्को’ मिशन कङ्गोमा कार्यरत नेपाली सेना र त्यहाँको विद्रोहीबीच झडप भएको छ । झडपमा पाँच विद्रोहीको मृत्यु भएको छ भने दुई नेपाली सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको र उनीहरुको

दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलनका क्रममा झडप, तीन समर्थकको मृत्यु,

काठमाडौं।दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा तीन जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा तीन समर्थकको मृत्यु भएको हो । गोर्खा जनमुक्ति मोर्चाका सचिव विनय तामाङका अनुसार, सेनाको गोलीबाट विमल शाहशंकर र सुनिल राईको घटनास्थलमै र महेश गुरुङको उपचारका लागि सिलिगुडी लैजाने क्रममा

गायिका रेखा शाहद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग

चर्चित गायिका रेखा शाहले विभिन्न कक्षामा पढ्ने १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेकी छन्। आफ्नै नाममा फाउण्डेसन खोलेर केही वर्षदेखि समाजसेवामा सक्रिय उनले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको जोन एकेडेमी इङ्लिस स्कुलमा एलकेजीदेखि कक्षा १० सम्म अध्ययन गर्दै आएका छात्रछात्राको वार्षिक, मासिक तथा परीक्षा

साझाले नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस ल्याउने, यस्ता हुन्छन् सुविधा

काठमाडौं, असार १—पछिल्लो समय गुणस्तरीय सेवा प्रदान गर्दै यात्रुहरुको मन जित्न सफल साझा यातायातले आफ्ना यात्रुहरुलाई अत्याधुनिक सेवा दिने भएको छ । उपत्यकाका यात्रुका पहिलो रोजाइमा रहेको साझाले नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस भित्र्याउने भएको छ । जसको लागि आपूर्तिकर्ता कम्पनी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको साझाले जनाएको छ । साझाले काठमाडौंभित्र सञ्चालन गर्न

कुवेतमा फिलिपिनो युवतीको हत्या अभियोगमा जेलसजाय बेहोर्दै आएकी डोल्मा १२ वर्षपछि घर फर्कंदै

असार १, २०७४- कुवेतमा घरेलु कामदार रहेकै बेला सहकर्मी फिलिपिनो युवतीको हत्या अभियोगमा जेलसजाय बेहोर्दै आएकी सिन्धुपाल्चोक, तेम्बाथाङकी डोल्मा शेर्पा यसै महिना घर फर्कंदै छिन् । डोल्माले १० वर्ष लामो जेल सजाय जुन २० (असार ६) मा भुक्तान गर्दैछिन् । त्यसलगत्तै कुवेत सरकारको घर फिर्ती प्रक्रिया (डिर्पोटेसन) अनुसार डोल्मा घर फर्कन लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

तेस्रो चरणको चुनावः बिखण्डनकारीलाई धक्का, राजपालाई अवसर

'राजेन्द्र महतोको घर छ उता इन्डियापट्टि। कोहरबा भन्ने ठाउँका मान्छे हुन् उनी। नेपाली त पछि बनेका हुन्। ढाँटेर नागरिकता लिएका हुन्। हाम्रो सभा बिथोल्न त्यही कोहरबाबाट मान्छे ल्याइएका थिए। तर, जब नेपाली मधेशीहरूले डन्डा उठाए, त्यसपछि भारतबाट ल्याइएका भाडाका मान्छे भागे।' ३० जेठका दिन विराटनगरबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेको यही शब्दवाणको प्रहारले

तराईमा राजपालाई रोक्न ब्यारेकबाट निस्कियो सेना

राजविराज, ३१ जेठ । तराईमा निर्वाचन विरोधी गतिविधि रोक्न नेपाली सेना ब्यारेकबाट निस्किएको छ । निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले मधेसमा असार १४ गते हुने दोस्रो चरणको चुनाव विथोल्न अराजक गतिविधि गर्न थालेपछि सेनाले ब्यारेकबाट बाहिर निस्केको हो । बुधबार सप्तरी सदरमुकाम राजविराजमा राजपाले सहायक मतदान

‘डन’लाई गोली हान्ने दिल्लीमा, खाने सिंगापुरमा

काठमाडौं, १ असार । महानगरीय अपराध महाशाखाले दावा लामा गोली काण्डको तथ्यबारे कुनै सुईंको पाउन नसकिरहेको बेला पीडित भनिएका लामा नै विदेश फरार भएका छन् । गुण्डा नाइके लामा आफ्ना दुई साथी फुर्वा लामा र सञ्जीव तामाङसँग सिङ्गापुरतिर फरार भएका हुन् । लामामाथि गोली प्रहार हुँदा लोप्साङ राई भन्ने व्यक्तिले एसएसपी छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए । यूनाइटेड पोष्ट

श्रीमान् र श्रीमती नै वेश्यावृत्ति धन्दामा, ग्राहकसँगै रंगेहात पक्राउ परेपछि…

काठमाडौं । श्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका कोठा भाडामा लिएर युवतीहरूलाई राखी वेश्यावृत्ति गराउँदै आएको प्रहरीले जनाएको छ । गेस्ट हाउसका सञ्चालक प्रमोद पाण्डेलाई पनि

घोडा चोरलाई मन्त्री बनाउन लागिएको भन्दै प्रचण्ड निवासमा बबण्डर

निर्वाचनको मुखमा आएर मन्त्री छनोटले पार्टीमा विवादको रुप लिएपछि नेतृत्व तह गम्भीर भएको छ । भट्ट विरोधी खेमाका सुदूरपश्चिमका नेताहरुले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तीव्र असन्तुष्टि जनाएका छन् । हेडक्वार्टर सदस्य सेमत रहेका भट्टले बाजुराका सांसद कर्णबहादुर विकलाई मन्त्री बनाउन अध्यक्ष प्रचण्डसहितका नेतालाई दबाब दिँदै आएका छन् । विक मन्त्री